‘आँधी तुफान २’ लाई मदन घिमिरेले निर्देशन गर्ने

थुप्रै हिट फिल्म दिएका मदन घिमिरेले नयाँ फिल्म गर्ने भएका छन् । फिल्म लेखक मौनता श्रेष्ठको निर्माणमा बन्न लागेको फिल्म ‘आँधी तुफान २’ को निर्देशन गर्ने भएका हुन् । हिजो बिहिबार विश्वकर्मा पुजाको अवसर पारेर निर्माता श्रेष्ठले फिल्म ‘आँधी तुफान २’को निर्देशन गर्ने जिम्मेवारी दिएका हुन्

विश्वकर्मा पुजाको अवसर पारेर फिल्मको एक गीतको तयारी समेत गरिएको छ । विकास चौधरीको संगीतमा उदितनारायण झाको आवाजमा गाउने गरि गीतको काम गरिएको हो । लेखक मौनताले १५ बर्ष अगाडी बनाएको फिल्म ‘आँधी तुफान’ को सिक्वेलको बनाउन लागेका हुन् । यस फिल्ममा तीन अभिनेत्री पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको जोडदार अभिनय रहेको थियो । त्यो बेला यो फिल्म सुपर हिट भएको थियो ।

तर नयाँ फिल्ममा यि कलाकार नरहने र अहिले चलेका कलाकारको अभिनय रहेने बताइएको छ । फिल्म ‘आँधी तुफान २’ को लेखन निर्माता श्रेष्ठ आफैंले गरेका हुन् । फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ रहेका छन् । सत्य घटनामा आधारित रहेर निमार्ण पक्षको भनाई छ । यस फिल्मको कलाकार छनोट धमाधम भइरहेको छ भने सरकारले छायाँङ्कनको अनुमती दिने बितिक्कै फ्लोरमा जाने तयारी टिमको छ ।