युवा नेता पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक

पछिल्लो समय नेताहरु गीत संगीततिर ढल्किएका छन् । केहि दिन अगाडी नेता बामदेब गौतमले पनि राष्ट्रभावको गीत सार्वजनिक गरे लगत्तै सत्तारुढ दल (नेकपा) कै युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत बजारमा लिएर आएका छन् । उनले ‘मुर्झिएका सपना’ बोलको गीत बजारमा लिएर आएका हुन् ।

उनको गीतमा मेगास्टार राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीत रहेको छ । गीतलाई पौडेलले लेखेका हुन् । त्यस्तै अमोश तामाङ्गले गीतलाई लयबद्ध गर्ने काम गरेका छन् । सार्वजनिक भएको म्युजिक भिडियोमा स्वंय गीतकार रमेश पौडेलकै अभिनय रहेको छ भने पनि गरेका छन् । गीतकार पौडेलले हालसम्म दर्जन भन्द्या बढि गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।