स्क्रिप्ट कस्तो चाहियो वर्षा ?


फिल्मका कलाकारको बोली नी अचम्मको । चलेपनि नचलेपनि अफर आएको छैन भन्न त मनले मान्दैन होला । कलाकार हराएर गैसक्दा पनि अफर आएको छ, अनी के मैले स्क्रिप्ट मन नपराएर गरिन भन्न छाड्ने होइनन् ।

कोरोनाको महामारी सकिएपछि फिल्म बन्छ होला त । बने कती बन्ने होला । अड्कलबाजी भैरहेको पनि हो ।

सबैलाई यस्तो लागेको होला । कुनै कुनै कलाकारमाथि पैसा खन्याउन चाहिरहेका पनि छन् फिल्म बनाउनेले । वर्षा सिवाकोटीले केही संचारमाध्यममा दिएको कुरामा उनलाई अफरको ओइरो छ । तर, उनले गर्न चाहेकी छैनन् ।

कथामा भिन्नता पाइनन् उनले । उस्तै कथा कती गर्नु । वर्षाले अफर अस्विकार गरेकी छिन् । भनेपछि, वर्षालाई चाहिएको कथा कस्तो हो कुन्नी । कि अरुले बोले जस्तो बोलेकी हुन् कि । हेरौ न त, वर्षाले स्विकार गरेको फिल्मको स्क्रिप्ट बलियो कती हुने हो नी अब ।