कंगनाको महाराष्ट्र सरकारलाई चेतावनी : ‘शिर काट्न सक्छु तर झुक्दिनँ’

बलिउड अभिनेत्री कंगना रनावत पछिल्लो समय कुनै कुरामा झुकेकी छैनन् । उनी हरेक कुरामा विवादमा आइरहेकी छन् । अहिले कंगना महाराष्ट्रसँग आक्रेशित बनेकी छन् । सामाजिक सञ्जालमार्फत कंगनाले महाराष्ट्र सरकारलाई चुनौती दिएकी छन् । केहि दिन अगाडी सांसद तथा अभिनेत्री जया बच्चनको बयानलाई लिएर महाराष्ट्रसँग आक्रोशित बनेकी हुन् ।

जयाको अभिव्यक्तलाई कंगनाले जयालाई ट्वीटरमार्फत कडा जवाफ दिएकी थिइन । उनले जयालाई ‘तपाईको छोराले आत्महत्या गरेको भए के गर्नुहुन्थ्यो’ भनेर प्रश्न गरेकी थिइन । यि दुइको वाकयुद्धले अहिले बलिउड तताएको छ । जया र कंगनाको विवाद यसै रोकिए अवस्थाको देखिदैन । कंगनाले हालै ट्विटरमार्फत् चेतावनी दिँदै लेखेकी छन्, ‘म एक क्षत्राणी हुँ । शिर काट्न सक्छु तर शिर झुक्न दिन्नँ । राष्ट्रको सम्मानका लागि सधैं आवाज बुलन्द गरिरहन्छु । मान, सम्मान, स्वाभिमानका साथ बाँचेको छु र गर्वपूर्वक राष्ट्रवादी बनेर बाँच्नेछु ।’

उनको यो भनाईले उनी कसैसँग नडराउने र नझुक्ने प्रस्ट देखिन्छ । गल्ती नगर्ने तर गल्ती नगरी कसैले आक्षेप लगाउँछ भने नछोड्ने पक्षमा कंगना उभिएकी छन् ।