कंगनाको समर्थन गर्दै मुकेश खन्नाले जयालाई भने ,‘उद्योग सबैको लागि हो कसैको बाउको होइन’

बलिउड अभिनेत्री तथा समाजवादी पार्टीका राज्यसभा सांसद जया बच्चनले कंगनालाई जुन थालमा खायो त्यसैमा थुक्ने जस्ता अभिनव्यक्ती दिएका कारण सबैतिरबाट आलोचित बनेकी छन् । कंगनाले उनको जवाफमा तपाईले थाली दिनुभएको छ र , जस्ता प्रश्न गरेकी थिइन भने यि दुइबीच सामाजिक सञ्जालमा वाकयुद्ध नै सुरु भएको थियो । विस्तारै कंगनाको समर्थन पनि बढ्दै गएको छ ।

भारतमा भिष्मपिता महका नामले परिचित मुकेश खन्नाले कंगनाको समर्थन गर्दै भनेका छन् ,‘तपाईले उद्योगमा काम गरेको हुनाले त्यहाँका कमजोरी देख्नुहुन्न । यस्तो हुन्न । यहाँ हामीलाई कसैले खान दिएको छैन हामी आफैले कडा मेहेनत गरेका छौ ।’

मुकेसले टाइम्स च्यानलको कुराकानीमा भनेका छन् ,‘उद्योग सबैको लागि हो कसैको बाउको होइन । उद्योग वर्षौ देखि चलिआएको छ । भतीजावाद र समुहवाद हावी हुँदै आएको छ । लागुऔषध कुनै सानो समस्या होइन् ।’ कंगनाको समर्थन गर्ने बलिउडमा कमै मात्रामा पाइन्छ । अहिले बलिउडमा जया र कंगनाको आरोपपत्यारोपले निकै तताएको छ ।