पल शाह र सुपुष्पा भट्ट अभिनित ‘हिड्दा हिड्दै ’ सार्वजनिक

अभिनेत्री सुपुष्पा भट्ट अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुपुष्पा भट्ट अभिनित ‘हिँड्दा हिँड्दै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । उनीसँग अभिनेता पल शाहको भिडियोमा जोडी बाँधिएको छ । भिडियोमा सुपुष्पाको पलप्रति प्रेम आशक्ति व्यक्त गरिएको छ

भिडियोमा पल र सुपुष्पाको केमेस्ट्री सुहाएको देखिन्छ । पलसँग पहिलो पटक म्युजिक म्यूजिक भिडियोमा देखिएकी सुपुष्पा खुसी देखिएकी छिन् भने दर्शकले पनि यो जोडीलाई मन पराइदिएका छन् । गीतको भिडियोलाई ‘फाटेको जुत्ता र चपली हाइट ३’ फिल्मका निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । गीतलाई सुप्रिया शर्माले गाएकी छन् भने अम्बिका शर्माले शब्द लेखेकी हुन् । संगीत अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले दिएका छन् ।