ईशान खानसँग सभ्यता गिरीको ‘ओ माहिया तु मेरी जान’ भिडियोमा रोमान्स

नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी सभ्यता गिरीले नयाँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । हाल नेपालमा नै रहेकी सभ्यता नेपाल आएपछि म्युजिक भिडियोमा सक्रिय हुन थालेकी छन् ।

उनले नेपाली मात्र नभएर बलिउडमा पनि आफुलाई स्थापित गराइरहेकी छन् । शुक्रबार उनी अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘ओ माहिया तु मेरी जान….’ सार्वजनिक भएको थियो । उक्त म्युजिक भिडियोमा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ ।
सभ्यतालाई म्युजिक भिडियोमा ईशान खान, ऋषि पञ्पल, अर्जुन नारायन, अनुज जयस्वालले साथ दिएका छन् ।

अर्बिट म्युजिकको निर्माण रहेकोे उक्त भिडयोलाई सञ्जय शर्माले कोरियोग्रफ गरेका हुन् । अन्नु शाह अनवरको शब्द, अलि घनिको संगित, शाहिद माल्येको आवाज रहेको गीतको भिडियोबाट विगतका भिडियोहरु सफल भएझै यसबाट पनि आफु निक्कै आशावादी रहेको मोडल गीरिले बताईन ।