कलाकार तक्मेबुढालाई सरकारले दियो तक्मा

Mero Film

हाँस्य कलाकार विल्सनविक्रम राई तक्मेबुढाले नेपाल सरकारबाट तक्मा पाएका छन् । उनलाई कीर्तिमय राष्ट्रदिप (चतुर्थ) प्रदान गरेको हो ।संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सरकारले विभिन्न विधामा ख्याती कमाएका व्यक्तिलाई कीर्तिमय राष्ट्रदिप प्रदान गर्ने गरेको छ ।

यस वर्ष पनि राईसहित आठ जनालाई सो पदक प्रदान गरिने सरकारले निर्णय गरेको छ । यस अघि राई प्रबल जनसेवा श्री चौथो पदकबाट विभूषित भएका थिए । नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रमा तक्मे बुढा उपनामले परिचित ३४ वर्षीय उनी बिर्तामोडका स्थायी बासिन्दा हुन् ।हास्य सिरियल ‘मेरी बास्सैमा’ तक्मेबुढोको क्यारेक्टर गरेपछि उनको ओर्जनल नाम नै ओझेलमा परेको छ ।


Leave a Reply

Your email address will not be published.