सर्वाधिक कमाई गरेको फिल्म ‘जोकर’को सिक्वेल बन्ने

हलिउड फिल्म ‘जोकर’ गत बर्ष सबैभन्दा सबैभन्दा धेरै कमाइ गरेको फिल्म हो । यस फिल्मले एक विलियन डलर भन्दा बडि कमाई गरेको थियो । टोड फिलिप्स निर्देशित फिल्ममा अभिनेता वाकिन फिनिक्स अब ‘जोकर २’ मा अभिनय गर्ने भएका छन् । जसका लागि उनलाई पारिश्रमिक बापत ५० मिलियन डलर अफर अमेरिकी मिडियाले बताएका छन् ।

अपेक्षा गरिएको भन्दा बढि सफलता पाएको फिल्म ‘जोकर’ को सिक्वेललाई लिएर निर्देशक, अभिनेता र निर्माता उत्साहित भएका छन् । अपेक्षा गरेको भन्दा हिट फिल्म भएपछि उनीहरु दोस्रो फिल्मका लागि तयाीमा जुटेका हुन् । फिल्मले व्यावसायिक र समीक्षात्मक सफलता हात पारेको थियो । त्यसैको प्रभावमा परेका टोड र वाकिन सिक्वेलको तयारीमा जुटेका हुन् ।

फिल्म ‘जोकर’ बाट नै उत्कृष्ट अभिनेताको अस्कार अवार्ड जितेका वाकिनले सिक्वेलबाट पनि दर्शकको मन जित्नेमा आशाबादी देखिएका छन् । फिल्म भने अहिले निर्माण हुने छैन । फिल्म निर्माण हुनका लागि चार बर्षको समय छुट्याइएको छ ।