कलाकार उत्तम के.सी प्रवल जनसेवाश्री चतुर्थबाट विभुषित

हास्य कलाकार उत्तम के.सी प्रवल जनसेवाश्री चतुर्थबाट विभुषित भएका छन् । आज संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतीबाट प्रवल जनसेवाश्री चतुर्थबाट विभुषित भएका हुन् । २०३८ देखि कलाकारितामा लागेको कलाकार केसीको ‘चुइ चुइ पारेर ’ थेँगोबाट बढि चर्चामा छन् । लामो समय देखि कलाकारिता लागेका केसी नेपाल टेलीभिजनको स्थापनाकाल देखि विभिन्न हाँस्य सिरियलमा अभिनय गर्दै आइरहेका छन् । सरकारबाट प्रवल जनसेवाश्री चतुर्थबाट विभुषित हुँदा निकै खुसी देखिएका उत्तमले आफ्नो कलाको सम्मान भएको बताए ।

उनले भने, ‘लामो समय देखि कलाकारितामा समय विताए , आज सरकारले मलाई सम्झिएको धन्यबाद दिन चाहान्छु । आज जस्तो खुसी कहिलै भएको थिएन पनि ।’ ‘जीवन चक्र, थोरै भए पुगे सरी, चेतना, तीतो सत्य लगायत दर्जनौ टेलिसिरियलमा अभिनय गरिसकेका कलाकार केसीले पछिल्लो समय आफैले ‘जे होला होला’ नामक टेली फिल्म निर्माण गरेका छन् । जुन रमाइलो टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

त्यस्तै ठुलो फिल्म ‘पुकार, जन्मभूमी, चमत्कार, मोहनी, राम लक्षमण, राधा, नाई नभन्नु ल भाग १ देखि ५ सम्म लगायत २ सय भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । केहि फिल्ममा लगानी समेत आफैले गरेका छन् ।