नाजिरको सपनामा को आउने हो ?


हिरो नाजिर हुसेन । व्यस्त म्यूजिक भिडियोमा । काम चलेकै छ । जीवन चलेकै छ । फिल्ममा हेरेका नाजिर भिडियोमा खुलेका छन् । तर, फिल्म जस्तो खुलाई कहाँ होला र भन्ने पनि होलान् ।

नाजिरलाई जन्मदिनमा शुभकामना दिइन् नम्रता श्रेष्ठले । आई मिस यू वेवी भन्दै ।

नाजिरले जवाफ फर्काएका छैनन् । मायाको कुरा गरेका हुन्छन् उनले । उनले मेरो सपनामा नै सही, तिमी आउँछु त भन, म यसै निदाइ दिन सक्छु भनेर लेखे ।

उनको सपनामा आउने को हो के ? नम्रता श्रेष्ठ हुन् कि अरु को हुन् । नाजिरले पनि भने हुन्थ्यो । कि त, सपनामा आउ म निदाउँछु भनेर मात्र बस्ने होला र खै ।