प्रविण बेडवालको आवाजमा ‘पहिलो नजरमा चाहन्छु’

‘नेपाल आइडल सिजन(३’ का फस्ट रनरअप प्रविण बेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरिएको छ । शास्त्रीय संगीतमा रहेर तयार पारिएको गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको छ ।

गीतमा प्रेमील शब्दले भरिएको छ भने गीतलाई नविन नेपालले लेखेका हुन् । त्यस्तै ‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तवला, विनोदकमार भुजेलको गिटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ ।