राजनितिक उताढचढावमा आधारित बन्यो ‘झोल झाल’

नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ‘झोल झाल’ निर्माण भएको छ । लकडाउनकैबीचमा छायाँकन भएको सिरियल  प्रसारणको तयारीमा रहेको छ ।

पाख्रिनकै कथा तथा निर्माण रहेको सिरियलमा ‘झोल झाल’मा रवि गिरी, रमेश बस्नेत, तिर्थ थापा, कालु राना, निर्मल लामा, रोहित रुम्बा, रेसम फिरिरि, पवन नगरकोटी, सोम लामा, शैलस पहारी, रस्मी भट्ट, कविता राय, श्रृजना मल्ल ठकुरी, सविना मल्ल ठकुरी, निर्मल लामा, सुसिला निरौला ‘बिमलीे’, पवन केसी, जनक कार्की, बालकलाकार हेलेन पाख्रिन, आयुब बिष्टलगायतको अभिनय रहेको छ ।

सिरियलमा देशमा भएको राजनीतिक उतारचढापमा पनि यथावत रहेका जनताको समस्या, नेताहरुका कारण जनताले पाएको दुःख, पारिवारिक समस्या आदी बिषय समेटिएको छ । सिरियलका प्रस्तुतकर्ता हेलेन पाख्रिन, निर्माता बिरबहादुर तामाङ (बिक्रम), कर्ण बहादुर बिष्ट सहनिर्माता निर्मल लामा, पवन नगरकोटी र कार्यकारी निर्माता शेखर लामा रहेका छन् ।

‘झोल झाल’मा बिकाश चौधरीको संगीत, मौसम मधुरको स्वर, रामेश्वर हुमागाइको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको सिरियल आरएल मोक्तानको निर्देशनमा बनेको हो । लकडाउनको समयमा सुटिङ गरेको भन्दै यहि सिरियलालाई प्रहरीले अवरोध गरेको थियो ।