जनयुद्धमा आफ्नो सन्तान गुमाएकी प्रमिलाको यस्तो छ पिडा

जनयुद्धमा धेरैको घरबार विहिन भयो भने १७ हजार भन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाए । यसको पिण अहिले पनि उतिकै ताजा नै रहेको छ । यहि कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा नयाँ गीत सार्वजनिक भएको हो ।
उनको आवाजमा सजिएको ‘बिलाप’ सार्वजनिक भएको हो । यस गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ भने मनिष बसिष्टले गीतलाई लेखेका हुन । गीतको भिडियोमा प्रमिला खनालले अभिनय गरेकी छन् ।

भिडियोले जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनु पर्दाको पीडा भिडियोमा देखाइएको छ । त्यस्तो बेला आमा आमाको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरा प्रस्ट्याउन खोजिएको छ । भिडियोालाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने सुबोल थापाको कोरियोग्राफी छ । त्यस्तै नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।