टेलिश्रृंखला ‘आधा खुसी’ ल्याउँदै पन्चेबाजा’ का निर्देशक घनश्याम

ठुलो पर्दाका फिल्म निर्माण हुने र रिलिज गर्ने कुरामा अन्योलता छाइरहेका बेला ठुला व्यानरमा काम गरेका निर्देशक सिरियल तिर झर्न थालेका छन् । यहि भिडमा फिल्म ‘पन्चेबाजा’ का निर्देशक घनश्याम लामिछाने पनि टेलिभिजनका लागि टेलिश्रृंखला ‘आधा खुसी’ निर्माणमा जुटेका छन् ।
पारिवारिक प्रेमकथामा आधारित टेलिश्रृंखला ‘आधा खुसी’ मा सरोज खनाल, प्रज्ञा जोशी, रिस्ता बस्नेत, लय सङ्ग्रौला, लव शर्मा, भावु लम्साल, सुस्मा कार्की, तेज गिरी, पुष्प, दिपेश लामिछाने, निभा अधिकारी, बिष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फ्युयाललगायतको अभिनय रहेको छ ।
प्रज्ञा फिल्मस् प्रालिको ब्यानरमा निर्माण थालिएको टेलिश्रृंखला ‘आधा खुसी’ कलाकार प्रज्ञा जोशीले निर्माण गरेकी हुन् ।

सिरियललाई हरि घले लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, विकास चौधरीको संगीत रहेको छ । प्रविशा अधिकारीको स्वर, प्रदिप भारद्वाजको लेखन रहेको छ । अहिले टेलिश्रृंखला १२ भागको छायाँकन भइसकेको छ ।