उपासनालाई चुनौती बढ्यो कि अपेक्षा


फिल्म चलेपछि माग बढ्ने रहेछ । माग बढ्दा दबाब उस्तै हो । अभिनेत्री उपासना सिंह ठकुरीको दबाब यही हो । उनी दबाबमा छिन् । क्याप्टेनबाट हिट भएर कबड्डी कबड्डी कबड्डी खेल्दा उनी हिट ।

हिट र फिट दुबै अहिले त । उनले फिल्म नखेलेको १ बर्ष भएछ । कबड्डी ३ चलेको १ बर्ष भएछ । नयाँ फिल्मको कुरा नै छैन । आयो र अफर त ३ वटा । तर, स्विकार गर्ने छाँट देखिएन । किन यस्तो भन्दा कथा मन परेन । कथा मन नपरी खेल्न पनि त भएन ।

उपासना दबाबमा छिन् । राम्रो फिल्म नआएसम्म नखेल्ने । नाम बनेको छ बल्ल बल्ल । तेश्रो फिल्मले चिलिम बनायो भने गयो करिअर । गाह्रो छ गाह्रो । यही भएर उनले फिल्म खेल्ने निर्णय गर्न सकेकी छैनन् ।

लामो समय दर्शक नकुराएको राम्रो । लामो समय कुराउँदा दर्शकले विर्सन सक्लान् । प्रतिस्पर्धा पनि त छ । फेरि गर्ने भनेर जे पनि गर्न भएन । उपासनामा चुनौती बढ्यो कि अपेक्षा ?