आकाशको जोडी परिवर्तन


आकाश श्रेष्ठ हिट छन् । उनलाई फेसबुक र इन्स्टाग्राममा रुचाइन्छ । भिडियो पनि खेलिरहेका छन् । फिल्म पनि खेलिरहेका छन् ।

आकाशले पहिलो फिल्म र आँचल शमाँसँग खेलेको फिल्म ब्ल्याक बाहेक अरु फिल्म अभिनेत्री पूजा शर्मासँग खेलेका छन् । भिडियोमा पनि आकाश धेरै पूजासँग ।

फिल्म विर विक्रम २ नै गरेनन् । कारण देखाए घरयासी । पूजा नभएकाले नगरेका हुन् भनेर वुझे धेरैले ।

विर विक्रम २ छाडेर उनले सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, संझना विर्सना पूजासँग गरे । पूजासँग उनले मन परेसीको मुहुर्त गरेका छन् ।

पूजासँग फिल्म खेलिरहेका आकाश अब जोडी परिवर्तनको मुडमा लागेछन् भनेर वुझ्ने हो कि । उनले नव अभिनेत्री रेखा शाहसँग फिल्म खेल्दैछन् । हिड्दा हिड्दै हो फिल्मको नाम । आकाश कसरी राजी भएछन् भनेर भन्न पाइएला नी ।