मदन पुरस्कारका लागि बानियाँको ‘महारानी’ छनोट

पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँद्धारा लेखिएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको हिजो बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय भएको हो । यसबारेमा जानकारी दिदै गुठीका अध्यक्ष कुन्द दीक्षितले यस बर्षको मदन पुरस्कार ‘महारानी ’ उपन्यासलाई दिने बताए ।

यसैगरी सभाले गत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पुर्याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ । यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो । त्यस्तै वि.सं २०७५ को मदन पुरस्कार योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो ।