४० वर्षे केक काटिन् करिना कपुरले

- मेराेफिल्म

बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले आफ्नौ ४० औं जन्मदिन मनाइरहेकी छिन् । यहि २१ सेप्टेम्बरका दिन ४० बर्ष पुगेकी करिनाले धुमधामका साथ जन्मदिन मनाएकी छन् । हालै सामाजिक सञ्जालमा करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग धुमधामका साथ मनाएको भन्दै उनको चर्चा पनि भइरहेको छ ।

उनले इन्स्टामा परिवार सहितले अन्मदिन सेलिब्रेशनको तस्बिर सेयर पनि गरेकी छन् । सुन्दरी अभिनेत्री करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो । जसका कारण उनको थप चर्चा भएको हो ।

धेरै कलाकारले करिनालाई जन्मदिनको शुभकामना दिए । अभिनेत्री करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर पनि पुगेका थिए ।

२०७७ असोज ५ गते १२:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *