‘यति माया गर्दा पनि’ गीतमा सलोन बस्नेत , करिस्मा र सिर्जना

- मेराेफिल्म

हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘यति माया गर्दा पनि’ बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् । शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भरेका छन् । दुख संग सफल भए संगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री यस गीतलाइ समेत दर्शकले रुचाईदिनेमा बिस्वस्त छन् ।

पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन् । यहि कारणले पनि चलचित्रका कलाकारहरु पछिल्लो समय म्युजिक भिडीयोमा देखिन थालेका छन् । म्युजिक भिडीयोलाइ मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्ट ल बजारमा ल्याएको म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन , अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ ।

२०७७ असोज ५ गते १२:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *