राजेश सापकोटाको ‘डाँडा पारि गाउँमा’

गायक राजेश सापकोटाको स्वरमा रहेको ‘डाँडा पारि गाउँमा’ गीतको म्यूजिक भिडियो द बोस टिभि नेपाल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।  देव धिमालको निर्देशनमा तयार भएको सो गीतको म्यूजिक भिडियोमा देशको रक्षामा आफनो जिउ ज्यानको बलिदान गर्ने सुरक्षकर्मीहरुले आफ्नो मायालुलाई जिवनको सुनौलो मायामा रमाउनको लागी आग्रह गरिएको छ  ।

आपसमा  खुसी साटसाट गरेको दृश्यलाई गीतमा  समाबेस गरिएको छ ।  रोशन लुइटेलको छायाँकन , विजय राज  भुर्तेलको सम्पादन तथा  देव धिमालको निर्देशन भिडियोमा रहेको छ  । गोकर्ण रिर्सोट आसपासतिर छायाँकन गरिएको भिडियोमा सन्तोष लामा , बविता तामाङ , सरोज शाही , अर्जुन थापा , बरुण थापा , दिपेश लामा , दिनेश सुनुवार , विवेक ठोकर र दिवा लामाको अभिनय रहेको छ ।