रमेश एम.के. को रेड वाईनमा पल र साम्राज्ञी

फिल्म निर्माता रमेश एम के पौडेल अब निर्देशन पनि बन्ने पक्का भएका छन् । लामो समय देखि फिल्म निर्माता तथा संञ्चारमाध्यममा आबद्ध रहेका पौडेलले फिल्म ‘रेड वाइन’बाट निर्देशका रुपमा आउने आएका छन् ।

अमेरिकामा बस्दै आएका पौडेलले हालै फिल्मका लागि मुख्य दुई कलाकार फाइनल गरेका छन् । उनले अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिल्मका लागि फाइनल गरेका हुन्  ।यसै फिल्मबाट पल र साम्राज्ञी पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । पल र साम्राज्ञीका अलवा फिल्ममा हाँस्य कलाकार सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाले अभिनय गर्ने छन् । फिल्मको छायांकन अमेरिकामा नै हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका लागि लगानी अमेरिकामा नै बस्दै आएउका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको रहनेछ । त्यस्तै यस फिल्मको सह–निर्मातामा भने निरु भण्डारी छिन् । फिल्मको पटकथा तथा संवाद सविर श्रेष्ठको रहेको छ । फिल्म ‘रेड वाइन’ आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो ।  कोरोना महामारीका कारण अवस्था हेरेर दसैं र तिहारको विचमा अमेरिकामा नै गरिने निर्माण पक्षको भनाई छ । यस फिल्ममा ८८४८ मिडियाको पनि आवद्धता रहनेछ । यस भन्दा अगानी निर्माता रमेशले फिल्म ‘राज्जा रानी’मा लागनी गरेको थिए । उनले हालसम्म थुप्रै फिल्ममा लगानी गरिसकेका छन् ।

तस्बिर: बिनोद पोखरेल