कस्तो प्लान गर्दैछन् प्रदिप ?


प्रदिप खड्का, व्यस्त अभिनेता । फिल्ममा लिन निर्माता उत्साहित हुन्छन् प्रदिपलाई । प्रदिप फिल्म प्रेमगीत ३ रिलिज हुने दिन कुर्दैछन् । हुतुतु फिल्म गर्दैछन् । निर्देशक दिनेश राउतको फिल्म पनि गर्दैछन् । फिल्म नै फिल्म छ प्रदिपसँग ।

प्रदिप फिल्मका लागि योजना बुन्ने हिरो भनेर भनिन्छ । निर्माता, अभिनेता आफै हुन्छन् प्रदिप भनेर पनि भनिन्छ । प्रदिपले योजना गरेर, योजना बुनेर खेलेका रोज र लभ स्टेशन चलेनन् । दुबै फिल्म उनले अपेक्षा गरे जस्तो भएन ।

प्रदिप जब कुनै योजनाले काम गर्दैन, योजना परिवर्तन गर्ने हो लक्ष्य होइन भनेर भन्छन् । अघिल्लो फिल्मले काम गरेन । अब, लक्ष्य उही लिएर योजना कस्तो परिवर्तन गर्दैछन् प्रदिपले ।