शिल्पा विरुद्ध लाग्यो सुन ठगेको आरोप

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोप लागेको छ । उनीहरुविरुद्ध प्रहरीमा उजुरी परेको हो ।
भारतिय मिडियकाअनुसार शिल्पा र उनका पति विरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् । लगानी कर्ता भनिएका एनआरआई सचिन जोशीले खार पुलिसमा शिल्पा दम्पतीविरुद्ध उजुरी दिएको हुन् ।

एनआरआईको उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको आरोप छ । यसबारेमा अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डन गरेकी छन् । उनले आफुविरुद्ध लागेका आरोपमा सत्यता नभएको बताएकी छन् । उनले सत्य चाँडै बाहिर आउने पनि बताएकी छन् ।  शिल्पाले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ ।’ यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । थप विवरण आइसकेको छैन ।