रमेशको निर्देशनमा चुडामणिको ‘सपनीमा ’ रिलिज

गीतकार चूडामणि देवकोटाको नयाँ गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार शक्ति बल्लभको स्वर तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रमेश कोइरालाको निर्देशन र प्रदीप श्रेष्ठको कोरियोग्राफ रहेको गीतको भिडियोमा लिगेश भट्टराई, रेशमा सुवेदी र कञ्चन चालिसेलाई फिचरिङ गरिएको छ ।रवीचन्द्रको छायाँकन रहेको गीतको भिडियोमा जितेन्द्र राजोपाध्यायको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।