स्टार जन्माएकी साम्राज्ञीलाई स्टारको साथ किन ?


ए मेरो हजुर २ चल्दा साम्राज्ञी स्टार भइन् । ड्रिम्स थियो उनको डेब्यू फिल्म । यो फिल्म चलेपछि उनमा दर्शक आशा देखिएको हो । सलिनमान बनियाँ स्टार हुनुमा साम्राज्ञीको हात पनि छ । उनको कारणले फिल्मको क्रेज बनेको थियो ।
साम्राज्ञीले मलाई स्टारको होइन, स्टारलाई मेरो साथ चाहिन्छ भनेकी थिइन् । यो कुरा अब याद गर्न पर्ला ।

साम्राज्ञीले अभिनेता प्रदिप खड्कासँग फिल्म खेल्ने निर्णय गरेकी हुन् । हेमराज वीसीको फिल्ममा उनी र प्रदिप थिए फिल्ममा । हेमराजले फिल्म बनाउने सुरसार छैन । यो फिल्म बन्छ भनेर पत्याउने कसरी होला अब । साम्राज्ञी पनि अरु फिल्म खेल्न थालेकी छिन् । प्रदिपले पनि अरु फिल्म खेल्न थालेका छन् ।

प्रदिपसँग साथ खोजेकी साम्राज्ञीले पल शाहसँग फिल्म खेल्ने निर्णय गरेकी छिन् । प्रदिपसँग उनले खेल्न लागेको फिल्म रेड वाइन हो ।

रेड वाइनमा उनले फिल्म खेल्नेछिन् पल शाहसँग । पल शाह र साम्राज्ञीले फिल्म खेलेका थिएनन् । दुबै जना स्टार । स्टारको साथमा फिल्म खेल्न तयार छिन् साम्राज्ञी ।

स्टार जन्माउने, स्टार हिरोलाई म चाहिन्छ भनेकी साम्राज्ञीले अहिले किन स्टार स्टार खोजिरहेकी छिन् । पल र प्रदिपले साम्राज्ञी खोजेका हुन् कि के हो ?

मारुनी भन्ने फिल्म, रातो टिका निधारमा भन्ने फिल्म नचलेपछि यो निर्णय आएको हो भनेर वुझ्दा भयो नी त ।

प्रदिप खड्कासँगको फिल्म त नबन्ने भयो । पल शाहसँगको फिल्म त बन्ला नी त । अमेरिकामा हुने हो सुटिङ । अब, साम्राज्ञीलाई स्टार हिरो जन्माउने जस कहिले आउला त खै । फिल्म बनेर चल्दियो भने पलले जोगाइदिए साम्राज्ञीको करिअर भनेर आउने हो कि ?