रञ्जिता गुरुङ को अभिनयमा ‘मेरी आमा ’

नेपालीहरुको महान चार्ड विजयादशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु सार्वजनिक भइरहेका छन् । गायिका देवी घर्ति र मदन ढकालले पनि दसैँ तिहारकै विषयमा नयाँ गीत सार्वजनिक गरेका छन् । उनीहरुले आवाजमा ‘मेरी आमा ’ गीतको भिडियो सहित बजारमा सार्वजनिक गरेका हुन् ।

गीतमा आमा र छोरी विचको प्रेम प्रसंगलाई समेटिएको छ भने छोराप्रति जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ । मदन ढकाल कै शब्द रचना तथा लय सिर्जना रहेको गीतको भिडियोलाई विरेन्द्र भट्टको छायाँकन , विकास ज्ञवालीको सम्पादन तथा मदन ढकालले निर्देशन गरेका छन् । ‘मेरी आमा’ गीतको भिडियोमा रञ्जिता गुरुङ , रमा थपलिया , खेम बत्याल , रविना भण्डारी , केदारनाथ कपरी , रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का , ब्लोसम ढकाल , सायरा धितालको अभिनय रहेको छ ।