सुशान्तसँग सारा अलिले हेभी ड्रग्स लिने गरेको रियाको खुलाशा

ड्रग्सको मामिलामा थुनामा रहेकी अभिनेत्री रिया चक्रवर्तीको नयाँ बयान बाहिरिएको छ । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको बेला एका एक नयाँ रहस्य फेला पारेको प्रहरीले पछिल्लो समय ड्रक्समा कुरा जोडिएको छ । अभिनेत्री रिया चक्रवर्तीलाई एनसीबीले सोधपुछका लागि भन्दै हिरासतमा लिएको थियो । रियाले अदालतमा हालेको जमानतलाई बदर गर्दै १४ दिन थुनामा राख्न अदालतले आदेश दिएको थियो ।

हिजो उनको १४ दिन पुगेर रिया हुने समयमा फेरि रियाले अदालतमा जमानतको लागि मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको मुद्दा अस्विकार गरेपछि रिया न्यायिक हिरासतमा अब अक्टोबर ६ सम्म बस्नुपर्ने भएको छ । रियाले ड्रग्स खरिद गर्ने गरेको स्विकार गरेपछि उनलाई गिरफ्तार गरेको हो ।

रियाको नयाँ रहस्य

अभिनेत्री रियाले आफुले ड्रग्स कहिलै आफुसँग नराखेको बताएकी छन् । आफुले सुशान्तको डरको कारण कहिल्यै पनि ड्रग आफुसँग नराखेको र स्टाफको सहयोग लिने गरेको स्वीकारेकी छन् । रियाले बयानका क्रममा सुशान्तले पहिलो पटक सारा अलि खानको साथमा ड्रग्सको हेभी डोज लिएको खुलाशा गरेकी थिइन् ।

भारतिय समाचारका अनुसार रियाले भनेकी छन् , फिल्म ‘केदारनाथ’को सुर्टिङको समयमा सुशान्तले ड्रग्स भारी मात्रामा लिइरहेका थिए । रियाले एनसीबीलाई सुशान्त एक ड्रग एडिक्ट बनिसकेको र लतबाट बाहिर निस्कन उनलाई धेरै मुस्किल भएको बताएकी छन् । फिल्म ‘केदारनाथ’ को सुर्टिङको क्रममा सुशान्तले ड्रग्सको हेभी डोज लिएका थिए, जहाँ पडाडमा पाउन गाह्रो थियो ।