सागर शर्माको ‘दशैं होईन दशा ‘ सार्वजनिक

 हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे दशैं गीत दशैं होईन दशा यूटुव च्यानल मार्फत सार्वजनिक भएको छ । लोकप्रिय गायक राजु परियारको सुमधुर स्वर अनि चचित एरेन्जर विपिन आचार्यको एरेन्ज रहेको उक्त गीतमा शब्द र लय भने गीतकार शर्मा कै रहेको छ
निकै मार्मिक शब्दहरु समेटिएको यस गीतको भिडियोमा दुःखी–गरिबको पिडा र वेदनालाई जस्ताको तस्तै उतारिएको छ । दिपक जोशीको छायाँकन तथा निर्देशन, सदिश जोशीको सम्पादन रहेको छ भने प्रेम शर्मा पौडेल, मुस्कान घिमिरे, किशोर पाण्डे तथा बालकलाकार प्रिसिला शर्मा पौडेल र राहुल जोशीको जोडदार अभिनय हेर्न सकिन्छ ।
https://youtu.be/LFIzD7XUb6E