ड्रग्स प्रकरणमा दीपिका पछि सलमान खानको नाम जोडियो

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको कारण खोज्दै जाँदा प्रहरीले लागुऔषध कोणबाट तीव्र अनुसन्धान गर्न थालेको छ । यसै बिषयलाई लिएर नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अभिनत्री रिया चक्रवर्तीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । उनी पछि चर्चित अभिनेत्रीहरुको नाम जोडिएका थियो भने अहिले अभिनेता सलमान खानको पनि नाम लागुऔषधमा जोडिएको छ ।

अभिनेता सलमान खानको संलग्नताको चर्चा हुन थालेपनि सलमान पनि अप्रत्यक्ष रुपमा मुछिन सक्ने भारतिय सञ्चारमाध्यमले बताएका छन् ।
लहरो तान्दा पहारो तान्छ भने झैँ सुशान्तकी पूर्व म्यानेजर जया साहासँगको सोधपुछमा ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी क्वानको नाम पनि जोडिएको छ । हिजो प्रहरीले क्वानकी कर्मचारी करिश्माले दीपिका पादुकोणलाई ड्रग्स सप्लाई गरेको च्याट फेला पारेको थियो ।

यसबाट बलिउडमा थुप्रै कलाकार यस मामिलामा जोडिन सक्ने देखिएको छ । यसै विषयमा एनसीबीले क्वान कम्पनीका सीईओ ध्रुवलाईे सोधपुछका लागि नोटिस पठाइसकेको जनाएको छन् भने सलमान खानको पनि शेयर रहेको खबरहरु बाहिरको छ ।

आफ्नो नाम मुछिए पछि सलमान खानको कानुनी समूहले विज्ञप्ति जारी गर्दै क्वानमा सलमानको कुनै शेयर नरहेको बताएका छ् ।
विज्ञप्तिमा भनिएको छ , ‘मिडियाका केही वर्गले गलत तरिकाबाट हाम्रा क्लाइन्ट लोकप्रिय भारतीय कलाकार मिस्टर सलमान खानको ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी क्वानमा बहुमत शेयर रहेको रिपोर्टिङ गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सलमानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्वानसँग र यसको अन्य कुनै समूहमा पनि कुनै शेयर छैन। हाम्रो क्लाइन्टको बारेमा झुठा खबर प्रकाशित नगर्न अनुरोध गर्दछौं ।’
सलमानसँगै ड्रग्स प्रकरणमा सारा अली खान, रकुल प्रीत सिंह, श्रद्धा कपूर, दीपिका पादुकोण, दिया मिर्जा र नम्रता शिरोडकरको नाम जोडिएको छ ।