विश्वकै प्रभावशाली व्यक्तिमा गनिए आयुष्मान

बलिउड अभिनेता आयुष्मान खुराना विश्वकै प्रभावशाली व्यक्तीमा गनिएका छन् । हालै टाइम्स म्यागजिनले निकालेको सुचिमा आयुष्मान विश्वका सय सबैभन्दा बढि प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । यस विषयलाई लिएर आयुष्मानले आफ्नो इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना प्रशंसकसँग खुसी साटेका छन् ।

आफु यसरी टाइम्सको सूचीमा पर्नु नै गर्वको कुरा रहेको भन्दै खुसी व्यत्त गरेका छन् । उनले आफ्नो इन्स्टामा सेयर गरेको पोष्टमा अहिले आयुष्मानलाई बधाई दिनेको ओइरो लागेको छ । उनले इन्स्टामा खुसी साट्दै भनेका छन् , ‘टाइम्सले जुन पहिचान मलाई दिलाएको छ, त्यसप्रति कृतज्ञ छु । एक कलाकारको रुपमा मैले फिल्मको माध्यमबाट केही सकारात्मक पतिवर्तन ल्याउने प्रयास गरेको छु । यो पल मेरो जीवनका लागि निकै महत्त्वपूर्ण छ,’ आयुष्मानले इन्स्टामा अगाडि लेखेका छन्, ‘मलाई लाग्छ कि सिनेमा त्यो तागत हो, जसले कुनै पनि मुद्धालाई उठाएर सही विषयमा बहस पैदा गर्न सक्दछ ।’

फिल्म ‘विक्की डोनर’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आयुष्मान बलिउडको बक्सअफिसमा हिट मेशिनका नामले परिचित छन् । पहिलो फिल्म ‘फिल्म ‘विक्की डोनर’ बाट नै आयुष्मानले आफ्नो अलग पहिचान बनाएका थिए ।