सामाजिक कथामा ‘सत्यम’ निर्माण हुने

फिल्म ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । उनको निर्देशनमा फिल्म ‘सत्यम’ बन्ने भएको हो । फिल्मलाई रेशम सापकोटाले निर्माण गर्दैछन् भने श्याम मल्ल कार्यकारी निर्माताको रुपमा रहने छन् । छायांकन अनुमति पाएपछि फ्लोरमा जाने तयारीमा निर्माण पक्ष रहेको छ ।

नवयूग सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथालाई निर्माता सापकोटा आफैंले लेखेका हुन् । फिल्मको सह निर्मातामा रेशम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहनेछन् । फिल्मको छायाँङ्कन विदूर पाण्डेले गर्ने छन् ।

अहिले फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको निर्माण युटिकले जानकारी दिएको छ भने कलाकारको छनोट पनि साथसाथै भइरहेको छ । सत्यम फिल्ममा नेपाली समाजभित्र एक जना नायकको रुपमा देखिएको हुन्छ । त्यस्तै फिल्म ‘सत्यम’ ले यस्तै एक नायकको कथा भन्नेछ ।