मोडल पूनम पाण्डेको उजुरीमा श्रीमान् श्याम गोवाबाट पक्राउ

Mero Film

केहि दिन अगाडी विवाह बन्धनमा बाँधिएका मोडल तथा नायिका पूनम पाण्डेले श्रीमानका बिरुद्ध प्रहरीमा उजुरी हालेकी छन् । उनको उजुरीको आधारमा उनका श्रीमान श्याम बम्बेलाई गोवा प्रहरीले पक्राउ गरेको छ । पूनमले स्यामविरुद्ध उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी थिएन ।

दक्षिण गोवाको कानाकोना गाउँमा पूनम पाण्डे एक फिल्मको सुटिङ गरिरहेकी थिइन् । कानाकोना प्रहरी स्टेशनमा इन्सपेक्टर तुकाराम चव्हाणलाई उद्धृत गर्दै पुनमले उत्पीडन, कुटपिट र हत्याको धम्की पाएको भन्दै उजुरी दिएको बताएको छ । त्यसैको आधारमा श्यामलाई पक्राउ गरिएको छ । गिरफ्तारीपश्चात् उनको मेडिकल परीक्षण गरिएको छ ।


Leave a Reply

Your email address will not be published.