के आधारमा फिल्म सुटिङको मिति तोक्दैछन् निर्माता ?


लकडाउन पहिलो चरणमा चलिरहेको थियो । लकडाउन पहिलो चरणमा चलिरहँदा निर्माताले भटाभट फिल्म बनाउँछौ भनेर घोषणा गरेका थिए ।

रोज राणा, रेखा थापा, मिलन चाम्स जस्ता फिल्म बनाउने निर्माताले भदौबाट छायांकन गर्ने भने । भदौबाट छायांकन त भएन । दोश्रो चरणको लकडाउन भएको थियो । अहिले यी फिल्म भदौमा बनाउँछौ भनेकाहरु चुप लागेका छन् । अरु निर्माता सुटिङ सुरु गर्ने बताउन थालिरहेको पाइन्छ ।

फिल्म हिड्दा हिड्दै घोषणा भयो । सरकारले फिल्मको काम गर्नु भनेको पनि होइन । फिल्मको सुटिङ गर्न त दिएको नै छैन । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाहको फिल्म असोजको तेश्रो साता सुटिङ गर्ने भनिएको हो ।

के आधारमा सुटिङ सुरु गर्ने कुरा होला निर्माताको । अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाइले काम गर्ने छन् फिल्म कृष्ण लिलामा ।

यो फिल्मको छायांकन असोज १५ गतेबाट गर्ने कुरा भयो । असोज १५ गतेबाट फिल्म खिच्न सकिने वातावरण बनेको हो र भन्या ?

सरकारले फिल्मको लागि मतलव गरेको होइन । सुटिङ गर्न गएको स्थानमा स्थानिय सरकार, बासिन्दाले दिन्छन् कि दिन्नन् भनेर कसले वुझेको होला ?

फिल्म भने अब जान्छौ सुटिङमा भनेर कराउन थालेका छन् । कराएर मात्र सुटिङ होला कि के होला ? असोज १५ गतेबाट नै फिल्मको छायांकन सुरु हुने आधार के होला र ?