टेलिभिजनकी अभिनेत्री श्वेता तिवारीलाई कोरोना संक्रमण

बलिउड टेलिभिजनकी चर्चित अभिनेत्री श्वेता तिवारीलाई कोरोना संक्रमण भएको छ । ‘मेरे ड्याडकी दुल्हन’ शो को सुटिङका क्रममा अभिनेता अभिनेता वरुण बडोलालाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बसेका थिए।

त्यस लगत्तै सिरियलको छायाँङ्कन रोकिएको थियो । बडोलालाई संक्रमण देखिएपछि अभिनेत्री श्वेताले कोरोना परिक्षण गर्दा उनमा पनि कोरोना पोजेटिभ देखिएको हो । यसबारेमा अभिनेत्री आफैले जानकारी दिएकी हुन् । आफुलाई कोरोना संक्रमण भएको कुरा सेटसँग जोडिएका एकजनालाइृ जानकारी दिए पछि हो हल्ला भएको थियो ।

त्यस पश्चात उनले सबैलाई जानकारी दिएकी हुन् । श्वेता तिवारीका श्रीमान् अभिनव कोहलीले भास्करसँगको कुराकानीमा श्वेता पोजेटिभ आएपछि उनका छोरा रेयांश हाल उनीसँग अर्को घरमा बसिरहेको जानकारी दिए । अभिनवको घर श्वेता बसेको घरभन्दा दुई घर पर मात्रै छ । स्वास्थ्यमा त्यस्तो कुनै समस्या देखिएको भने छैन ।