टंकको उपन्यास ‘उबडखाबड ’सार्वजनिक

नाट्यकर्मी तथा उपन्यासकार टंक चौलागाईले नयाँ उपन्यास बजारमा लिएर आएका छन् । लामो समय देखि नाटक क्षेत्रमा सक्रिय टंकले चौथो कृतिका रुपमा उपन्यास ‘उबडखाबड’ बजारमा लिएर आएका हुन् ।

सार्वजनिक उपन्यासमा जीवन परियार एक पात्रको वरिपरी कथा घुमेको छ । जीवन परियार हिरो बन्ने रहरले काठमाडौं आउँछ । त्यसपछिको उसको एक दशक भन्दा बढी समय काठमाडौँसँग संघर्ष गर्छ । हिरो बन्न काठमाडौ आएको जीवन काठमाडौंमा एक छाक खानका लागि कति संघर्ष गर्छ भन्ने कुरा भनि साध्य छैन । तर पनि उ हिरो बन्न संघर्ष गरिरहन्छ ।

द्धन्द्ध कालमा भुईंमान्छेलाई शासन व्यवस्थाले कसरी निचोरेको थियो । जीवन परियारको भोगाई मार्फत सबै कुरा थाहा हुन्छ । द्धन्दले गर्दा धनि र गरिब बिचको फाटो फाँटिएर ठुलो बनेको र जति संघर्ष गर्दा पनि गरिब जहाँको त्यही नै भएको उपन्यासमा भन्न खोजिएको छ ।राजनितिक दलले भने जस्तो समानता नपाएको समाजमा असमानता व्याप्त रहेको चित्रर्ण उपन्यास ‘उबडखाबड’ मुलमर्म हो । यस उपन्यासले सुरुमा पढ्दा हँसाउदै लैजान्छ र अन्तमा वियोगान्त बनाउने छ । यस उपन्यासमा हाँस्य रस हुँदै वियोगान्तमा टुँगिने कथा वाचन शैली छोटो र मिठो छ ।
नाट्यकर्मी तथा उपन्यासकार टंक चौलागाईले यस भन्दा अगाडी ‘जिरो कटेज २०६८, ‘काठमाडौं गीत २०७२’ र ‘ टालाटुली २०७४’ उपन्यास प्रकाशित गरिसकेका छन् । हालै बजारमा आएको उपन्यास ‘उबडखाबड’लाई शिखा बुक्सले प्रकाशित गरेको छ भने यसमा २४४ पृष्ठको छ । यसको मुल्य ३५० छ ।