लागुऔषध मुद्दामा तानिए रकुल, दीपिका, सारा र श्रद्धा

बलिउडका आधा दर्जन अभिनेत्रीमा लागुऔषधको मुद्धामा तानिएका छन् । तीन महिना अगाडी आत्महत्या गरेका अभिनेता सुशान्तसिंह राजपूतको छानवीन चलिरहेको लागुऔषधको कुरा बाहिर आएको थियो । सुशान्तको मृत्युसँग जोडिएको लागुऔषध दुर्व्यवसनी तथा ओसारपसार मुद्दामा चार जना अभिनेत्रीहरु अनुसन्धानमा तानिएका छन् ।

यसरी तानिनेमा रकुल प्रीत सिंह, दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुर लगायत गरेका छन् । उनीहरुलाई बलिउडमा लागुऔषध कनेक्सनको जाँच गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पत्र पठाउँदै अनुसन्धानमा तानेको हो । त्यस्तै आज रकुल प्रीत सिंह अर्थात सुशान्तकी पूर्वम्यानेजर श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटासँग सोधपुछ भइरहेको छ ।

भोली अभिनेत्री दीपिका पादुकोणलाई सोधपुछका लागि डाकिएको छ भने सारा अली खान र श्रद्धा कपूरलाई २६ सेप्टेम्बरमा बोलाइएको छ ।
एनसीबी नुसार करिश्माको व्हाट्स एप च्याटबाट लागुऔषध दुर्व्यसनीबारे भएका कुराकानी बाहिर आएका थियो । त्यसबारेमा पनि छानबिन भइरहेको छ । त्यस्तै लागुऔषध सेवन तथा खरीदमा रिया चक्रवर्तीलाई लागुऔषध गिरफ्तार गरि थुनामा राखेको छ ।