अभिनेता नवाजुद्दीनमाथि लाग्यो बलात्कार र ठगीको आरोप

बलिउडका भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दिकीलाई श्रीमतीले बलात्कारको आरोप लगाएकी छन् । लामो समयदेखि अर्का अर्कामा टाढा बस्दै आएका श्रीमती आलियाले बुधवार नवाजुद्दीनविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।

आलियाले मुम्बईको वर्सोवा पुलिस स्टेशनमा गम्भीर आरोप लगाउँदै उजुरी दर्ता गरेकी छन् । भारतिय मिडियाका अनुसार आलियाले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप समेत लगाएकी छन् । आलियाले केहि दिन अगाडी पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिदै आएको बताएक छन् ।

आलियाले भनेकी छन् ,‘म नवाजुद्दीनलाई २००३ देखि जान्दछु । हामी एकसाथ बस्न थालेका थियौं । उनका भाई शमास पनि हामी सँगै बस्थे । विस्तारै हामीबीच प्रेम भयो र विवाह ग¥यौं । सुरुवातदेखि नै हामीबीच समस्या थियो । यो चाँडै बन्द हुनेछ भन्ने लागेको थियो । तर, १५–१६ वर्षमा मेन्टल टर्चर बन्द भएन ।’ आलिय लामो समय देखि श्रीमानबाट अलग रहदै आएकी छन् । उनीहरुबीच खटपटको घटना पुरानै भएता पनि आजभोली चर्चामा आएको हो । हिजो मात्रै अर्की अभिनेत्री पुनम पाण्डेले श्रीमानबाट कुटपिट तथा नराम्रो व्यवहार गरेको भन्दै श्रीमानबिरुद्ध उजुरी हालेकी थिइन । पछिल्लो समय बलिउडमा श्रीमानश्रीमती बिचको खटपट छरिन थालेको छ ।