२० जना युवा कथाकारको एउटै कथा संग्रह ‘छकालै’ सार्वजनिक

साहित्यमा सक्रिय रहेका २० युवा कथाकारले संग्रह ‘छकालै’ बजारमा ल्याएका छन् । उनीहरु बुधबार सार्वजनिक गरेको पुस्तकमा युवा कथाकारका २० थान कथा समावेश गरिएको छ । कथा संग्रहलाई नवीन प्यासीले सम्पादन गरेका छन् । कथामा युवा मनोविज्ञानका कथासँगै युवाजीवनले भोग्नुपरेका साझा समस्याबारे चित्रर्ण गरिएको छ ।

यस कथा संग्रह ‘ छलालै’ मा संगीत र नवीनसँगै अनिल वान्तवा, अन्जना इछमफूल, अन्शु खनाल, अन्वेश थुलुङ, बाबु साहेब, विकास, दीपा मेवाहाङ राई, देव व्रत, खेम बतास, कृष्णप्रसाद अर्याल, कुन्साङ, मनोज विश्वकर्मा, नदीश, निमेषराज सापकोटा, निर्भीकजंग रायमाझी, प्रज्वल अधिकारी, समर्पण श्री र सागर चन्दका कथा राखिएको छ ।  इन्डिगो इन्कले प्रकाशन गरेको संग्रहको मूल्य ३ सय ९९ रहेको छ भने संग्रहलाई ‘किताब यात्रा’ तथा ‘थुप्रै डटकम’ अनलाइनबाट समेत खरिद गर्न सकिने छ ।