आकाशले दिन खोजेको सन्देश


अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी । निर्माता संघमा उनको कार्यकाल सकिन आट्यो । कार्यकाल सकिन लाग्दा उनले काम के गरेका छन् के गरेका छैनन् भनेर त समिक्षा गर्ने मानिसहरु होलान् नै ।

आकाशले बिहिबार फिल्म बनाउँछु भनेर लेखे फेसबुकमा । आकाशले बनाउने फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल कलाकार छन् ।

फिल्म बनाएर के हुन्छ, फिल्म बनाउने कि नबनाउने भन्ने दोधार छ यतिबेला । फिल्म चल्छन् कि नचल्लान् । कोरोनाले बर्बादै बनायो भन्ने सन्देश छ बजारमा ।

आकाश निर्माता संघको अध्यक्ष भएर पनि फिल्म बनाउने घोषणा गर्दा सन्देश राम्रो जान्छ भनेर वुझेका होलान् । उनले फिल्म बनाउँछु भने ।

निर्माता संघका अध्यक्ष नै अघि सरेपछि अरुलाई आट आउँछ । आकाशले दिन खोजेको सन्देश होला यो । उनले, कामका लागि तयार छौ हामी भनेर पनि देखाउन खोजेका हुन् । यसले अरुलाई पनि आट आउला कि ?