जे.बि ओलीले मेलिना राईलाई भने ,‘काली आई लभ यु ’

गायक जे.बी ओलीले गायिका मेलिनालाईलाई प्रेम प्रस्ताव राखेका छन् । उनले मायालु स्वभावमा ‘काली आई लभ यु ’ भनेपछि बाहिर सार्वजनिक भएको हो । यो कुरा बास्तविकता नभई गीतमा भनिएको हो । यस गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ सुन्न सकिन्छ । ‘काली आई लभ यु ’ बोलको गीतमा जे.बी ओली स्वयम् कै शब्द, संगीत रहेको छ ।

बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जे.बी ओलीले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । गीतको भिडियोमा निर्देशक एबं मोडल शंकर बि.सी को निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको नृत्य तथा अभिनय देख्न सकिन्छ ।