सञ्चारकर्मी इश्वरीको ‘नरिसाउन होइ’मा पल र बर्षा

पत्रकारितामा कलम चलाउदै आएकी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ । यस गीतमा बराल र राजेन्द्र भट्टको स्वर सुन्न सकिन्छ भने गीतलाई सुरज गैह्रे विवसले शब्द कोरेका छन् । गायक राजेन्द्र स्वयमको संगीत रहेको गीतले माया गर्ने जोडीहरुमा उत्पन्न हुने शंकाको बिषयमा चर्चा गर्न खोजिएको छ ।

गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री बर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । सान थापाले निर्देशन गरेकोको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । इश्वरीले यो भन्दा अगाडी ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।