मिलनले कतिवटा फिल्म बनाउँछन् ?


मिलन चाम्सलाई फिल्म निर्देशकमा मेसिन मान्दा के हुन्छ ? पहिले शोभित बस्नेतलाई यो नाम दिइएको हो । अहिले मिलन चाम्सको गती यस्तै छ । विर विक्रम २, ब्लाइन्ड रक्स लगायतका फिल्म फ्लप भए । चाम्सलाई के फरक ।

लकडाउन नखुल्दै लोकेशन हेर्न हिडेका थिए उनी त । लोकेशन हेर्न चितवन, दमौली पुगे । फिल्म बनाउँछु, प्राविधिकलाई काम दिन्छु भनेका थिए ।

चाम्सले फिल्म घोषणा गरेको गरै छन् । लकडाउन हुँदा नै लोकेशन खोज्न हिडेको फिल्मको नाम फाइनल छैन । उनले नेपाल र मलेसियामा फिल्म खिच्ने भनेका थिए ।

गोर्खा वारियर लकडाउन भन्दा अगाडि नै घोषणा भयो । प्रशान्त तामाङ, वर्षा सिवाकोटी जस्ता कलाकार फिल्ममा ।

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फिल्म खेलाउन संझौता गरिसके । विर विक्रमकै अर्को सिरिज बनाउने पनि तयारी उनको छ । फिल्म बनाउँछन् कि घोषणा मात्र गर्छन् मिलन । कुरा वुझ्नै नसकिने । कहिले फिल्मबाटै सन्यास लिन्छु भनेको पनि सुनिएको थियो ।