आफूले कमाउँदा निर्माताको बारेमा पनि सोचौ पलजी


पल शाह व्यस्त हिरो । फिल्ममा पनि व्यस्त । म्यूजिक भिडियोमा उस्तै । पलले एक अनलाइनमा कुरा गर्दा आफूले फिल्मबाट २० प्रतिशत, भिडियोबाट ८० प्रतिशत कमाएको बताएछन् ।

कुरा ठिकै हो । भिडियो त बर्षमा १ सय ४० वटा गर्ने रैछन् पलले । पलले भिडियो गर्दा फिल्मका निर्माताको मन कती अमिलो हुन्छ भनेर त वुझेको भए पो ।

पलले कमाएको कुरा राम्रो हो । कलाकारको आम्दानी हुनपर्छ । तर, आम्दानी गर्दा आफूले धेरै युटुबमा देखिएर फिल्मका निर्माता जोखिममा पर्छन् भनेर वुझ्न पर्दैैन र ?

होइन भने निर्माताले फिल्म चल्न नसकेपछि पुरा पारिश्रमिक दिन नसक्दा गाली गर्दै हिड्न पर्ने थिएन नी पलले ।

पलले काम गरेका नाई नभन्नु ल ४ र शत्रु गते, म यस्तो गीत गाउँछु चलेका थिए । शत्रु गते र नाई नभन्नु ल ४ चल्नुमा पलको हात छैन । जोनी जेन्टलम्यान, विर विक्रम २, चलेन ।

पलले धेरै भिडियोमा काम गरेको उनले काम गरेका फिल्मका निर्माता, निर्देशकलाई मन परेको छैन । तर, के गर्नु उनीहरुले पनि । आफू कमाउने निर्माता डुबाउन त भएन नी है ।