दीपिकाले ‘ड्रग्स च्याट’ गरेको स्विकार , ड्रग्स सेवन नगरेको सारा–श्रद्धाको बयान

बलिउड ड्रग कनेक्सनमा हिजो एनसीबीले अभिनेत्री दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गरेको छ । यस बयानको क्रममा दीपिकाले च्याटको कुरा स्वीकार गरेकी छन् भने सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरेका छन् ।

एनसीबीसँगको बयानमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ सन् २०१७ मा ड्रग्सको बारेमा च्याट गरेको कुरा स्वीकार गरेका छन् । एनबीसीले दीपिका र करिश्मासँग ड्रग्सका बारमो कुरा गरेका थिए । यस विषयमा उनीहरुले स्वीकार गरेको भारतिय मिडियाले जनाएका छन् । त्यस्तै अभिनेत्री श्रद्धा कपुर र सारा अली खानले भने ड्रग्सको बारेमा अस्वीकार गरेका छन् । उनीहरुलाई एनसीबीको बेलार्ड एस्टेटस्थित अफिसमा सोधपुछ गरिएको थियो ।

सुशान्त सिंह राजपूतको मृत्युपछि विवादमा पर्दै आएका करन जोहरले राहत पाएका छन् । करनले गत वर्ष घरमा पार्टी गरेका थिए । त्यस बेला विकी कौशल, दीपिका पादुकोण आदि कलाकारमाथि ड्रग्स लिएको आरोप लाग्दै आएको थियो । हिजो बेलुका एनसीबीका अधिकारीले त्यो भिडियोलाई क्लिन चीट दिएपछि उनले राहत पाएका हुन् ।

एनबीसी अधिकारी अशोक जैनले उक्त भिडियोको सम्बन्ध यो मुद्दासँग नभएको जानकारी दिँदै यो भिडियोको अनुसन्धान नहुने बताए । हालसम्म एनसीबीले ड्रग्स केसमा १८ जना पक्राउ गरेको बताएको छ । यस केसमा अभिनेत्रीहरुमा करिश्मा प्रकाश, सारा अली खान, दीपिका पादुकोण र श्रद्धा कपुर मुछिएका छन् ।