‘ए मेरो हजुर ४’ फ्लोरमा जाँदै , दुर्गेश पनि जोडिए टिममा

फिल्म सुटिङ गर्दा गर्दै देशभर लकडाउन लागेपछि फिल्म ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको थियो । जुन फिल्मको छायाँङ्कन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी निर्माणपक्षले बताएको छ । फिल्मको ५० प्रतिशत मात्र छायांकन हुँदै गर्दा लकडाउनले गर्दा स्थगित भएको थियो । बाँकी फिल्मको छायाँङ्कन गीत छाडेर करिब १५ दिनमा सक्ने निर्माण पक्षको भनाई छ ।

फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा गायक दुर्गेश थापालाई पनि निर्माणपक्षले अनुवन्धित गरेको छ । निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र कोरियोग्राफर रामजी लामिछानेले दुर्गेससँग आज भेट गर्दै दुर्गेशलाई अनुबन्धित गरेको हो । फिल्ममा उनले गीत गाउने र अभिनय गर्नुपर्ने भुमिका निभाउँदै छन् ।

फिल्ममा दुर्गेशक एउटा गीत र केही दृश्यमा दुर्गेस देखिनेछन् । मोडल तथा गायक दुर्गेशलाई अघिल्लो बर्ष फिल्म ‘छ माया छपक्कै’को एउटा प्रमोशन गीत गाएका थिए । उक्त गीतमा गायनका साथै अभिनय पनि गरेका थिए । यहि दसैँमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘ए मेरो हजुर ४’ कोरोनाका कारण प्रदर्शन मिती अनिश्चित भएको छ । केहि फिल्मका छायाँङ्कन अशोज १५बाट फ्लोरमा जाने तयारीमा रहेका छन् । ति फिल्म भन्दा अगाडी ‘ए मेरो हजुर ४ ’ जाने भएको छ ।