४० बर्षिया जापानी अभिनेत्री युकोको निधन

जापानकी चर्चित अभिनेत्री युको तेकउचीको निधन भएको छ । उनको टोकियोस्थित आफ्नै निवासमा निधन भएको हो । ४० वर्षीया अभिनेत्रीको शंकास्पद देखिएको बताइएको छ । अहिले उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको के कारणले मृत्यु भएको हो भन्ने प्रारम्भिक रिपोर्ट आइसकेको छैन । प्रहरीले युकोले आत्महत्या गरेको अनुमान गरेको छ ।

जापानी फिल्म र टेलिभिजन सिरिज लगायतमा अभिनय गरेकी युकोले सन् २०१८ मा एचबिओको सिरिजमा मिस सर्रलकका रुपमा सर्लक होम्समा अभिनय गरेकी थिइन् । त्यस्तै सन् २००४ देखि २००७ सम्म जापानीज एकाडेमी अर्वाडमा लगातार उत्कृष्ट अभिनेत्रीको उपाधी जितेकी थिइन् ।