‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्योतीको धमकेदार प्रस्तुुति

विश्वमा नम्बर वान मानिएको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भयो । उक्त शो हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै आएको छ ।

यस रियालिटी शोको प्रिमियरबाट नै चर्चामा आएको शोले पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरेका छन् । यस शोको निर्णायकमा अभिनेता दीलिप रायमाझी, अभिनेत्रत्री गौरी मल्ल र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई रहेका छन् ।

यस रियालिटी शोको पहिलो भागमा फुटबल खेलाडी हरि खड्काले आफ्नो कोरियोग्राफर पार्टनर यूवी बलामीसँग नृत्य प्रस्तुत गरेका थिए । यस्तै, उमेश राई र प्रमोद भण्डारी, रक्षा श्रेष्ठ र सरोज मोक्तान, देवान्सी वैद्यवार र सिद्धार्थ श्रेष्ठ, श्रृष्टी केसी र केशव थापाले आफ्नो नृत्य प्रस्तुत गरे ।

यस्तै, दोश्रो भागमा गायक बुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केबिका खत्री, दीपा–दमन्ता र सुरेल बिके, पूजा ठाकुर र राजिव समर, प्रशान्त ताम्राकार र स्वेता योञ्जन, सुमी मोक्तान र विजु पार्थी, ज्योती मगर र लाउरेले आफ्नो प्रस्तुति दिएका थिए ।
यति धेरै कलाकारकोबीचमा गायिका ज्योती मगरको प्रस्तुतीले सबैको मन छायो । उनको त्यो गम्भिर कथा बोकेको गीतमा नृत्य गर्दा निर्णायकको मन जित्यो । उनको जति पहिला तारिफ हुन्थ्यो त्यो भन्दा बढि तारिफ पाएकी छन् ।
कुन सफल असफल भन्ने कुरा डिजिटल सिस्टमको युटुवबाट मापन गर्न थालिएको छ ।

यसैको आधारमा हेर्न हो भने ‘डान्सिङ विथ दि स्टार्स’का उत्कृष्टमा आएउको छ । अत्याधिक रुचाइएको ‘डान्सिङ विथ दि स्टार्स’का प्रतिस्पर्धीलाई दर्शकले बुधबार मध्यान्न १२ बजेसम्म भोट गर्न सक्नेछन् । उनीहरुको भोट र निर्णायकको मतका कारण हरेक हप्ता एक जना शोबाट आउट हुनेछन् ।