ठेलामा तरकारी बेच्दै फिल्म निर्देशक

कोरोना भाइरसका कारण काम विहिन बनेका बलिउड निर्देशक रामवृक्ष गौड ठेलागाडा तरकारी बेच्न बाध्य भएका छन् । थुप्रै टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौड ठेलामा तरकारी बेचिरहेका छन् । आफ्नै घर उत्तर प्रदेशको आजमगढमा बसिरहेका निर्देशक आफ्नो परिवारको पेट पाल्नका लागि तरकारी बेच्न बाध्य छन् ।

छोराछोरीलाई पढाउनका लागि उनी गृह जनपद आजमगढ आएका थिए । कोरोनाका कारण विमान र रेल सेवा बन्द भएपछि उनी बाच्नका लागि भएपनि तरकारी व्यापार गर्न थालेका हुन् । २२ बर्षदेखि फिल्म क्षेत्रमा लागेका रामवृक्षले यशपाल शर्मा, मिलिन्द गुणाजी, राजपाल यादव, रणदीप हुडा, सुनिल शेट्टीजस्ता ठूला कलाकारको फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरिसकेका छन् ।