कसको छेउमा पग्लिन्छिन् वर्षा ?


वर्षा सिवाकोटी । फिल्ममा अहिले काम कसैको पनि नभएको बेला भिडियो जिन्दावाद भैरहेको छ । वर्षाका लागि पनि भिडियो जिन्दावाद नै हो । धमाधम काम, धमाधम दाम । कुरा यस्तै छ । फिल्म सुरु हुने कहिले हो कहिले । भिडियोमा नाम र दाम अहिले ।

हातमा आएको काम कसले छाड्छ । छाड्न पनि हुन्न नी । वर्षा कामसँगै इन्स्टाग्राममा फोटो राखेर रमाउन सिपालु छिन् । लकडाउनमा उनका फोटो हिट नै भएका हुन् । अहिले पनि फ्लप त कहाँ छन् र । वर्षा सिवाकोटी प्रेममा रहेको कुरा नआएको होइन । आइ नै रहन्छ सधै ।

आएर के गर्नु, वर्षाले मुख खोल्दिनन् । तर, प्रेमको शब्द लेखिरहन्छिन् । कसका लागि हो कुन्नी ।

आगोमा घिउ हाले झै भैहाल्छु, तिम्रो छेउमा म पग्लिदै गैहाल्छु । वर्षाले सायद आफैले काम गरेको भिडियोको हरफ लेखिन् होला । तर, यो हरफ कसैप्रति लक्षित हो कि ?